रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रिन थाले

काठमाडाैं | चैत २०, २०७९

रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रिन थाले

काठमाडौं : रसुवागढी नाकाबाट चिनियाँ पर्यटक भित्रन थालेका छन्। चीनले शनिबारदेखि नाका पूर्ण रूपमा सञ्चालन गरेसँगै चिनियाँ पर्यटक नेपाल भित्रन थालेका हुन्। 

 

शनिबार र आइतबार नाकाबाट २६ जना पर्यटक भित्रिएका अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलले बताए। 

 

उनका अनुसार चिनियाँ  पर्यटकहरू काठमाडौंका आएका छन्। साथै नेपालबाट आइतबार पाँचजना चिनियाँ पर्यटक केरुङतर्फ गएका छन्। केरुङ जानका लागि एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। कोभिड-१९ का कारण लामो समयसम्म नाकाबाट मान्छेको आवतजावत रोकिएको थियो। 

 

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो। कोभिड-१९ सुरु हुनुपूर्व नाकाबाट चिनियाँसहित विभिन्न देशका पर्यटक नाकाबाट आउने गरेका थिए।

 

रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् ।  

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्